एन्फाको नयाँ कार्यसमितीद्वारा खेलकुद मन्त्रालयसमक्ष आगामी योजना प्रस्तुत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

एन्फाको नयाँ कार्यसमितीद्वारा खेलकुद मन्त्रालयसमक्ष आगामी योजना प्रस्तुत

anfa-new

किशन भण्डारी
काठमाडौं, २४ बैशाख
। एन्फाको नयाँ कार्यसमितीले आज खेलकुद मन्त्रालयसमक्ष आगामी योजना प्रस्तुत गरेको छ । नव निर्वाचित एन्फाका अध्यक्षले आगामी दिन फुटबलको निकासका लागि आफनो टोली कटिबद्ध भएर लाग्ने बताएका छन् । साथै कार्यसमितिले फुटबलको उचित व्यवस्थापनका लागि मन्त्रालयलाई पहल गर्न अनुरोधसमेत गरेको छ ।

एन्फाको नवनिर्वाचित कार्यसमितिले संघभित्रको विवादलाई समाधान गर्दै फुटबल खेलको विकासमा लाग्ने प्रण गरेको छ । फुटबलमा बिगतमा भएको भ्रष्टाचार एवम् राजनीतीक तरलता अबका दिनमा हुन नदिने उनीहरुले बाचा पनि गरेका छन् ।

ए डिभिजन लिगहरु सञ्चालन गर्ने, स्पोटर्स एकेडेमी तथा विश्वविद्यालयको निर्माण गर्ने र खेलाडीलाई खेल खेलेरै स्वदेशमा बाँच्न सक्ने वातावरण निर्माण गर्ने नवनिवार्चित अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए । नीति गत व्यवस्थालाई पनि सच्याउन जरुरी भएकाले सरकारले आफूलाई सहयोग गर्ने उनीहरुले अपेक्षा गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले पनि एन्फालाई विगतका दिनमा जस्तै अबको दिनमा पनि साथ र सहयोग दिने प्रतिबद्धता व्यक्त गरेको छ । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन गर्न चाहिने उचित भौतिक पुर्वाधारको निर्माण कार्य १० महिना भित्र सम्पन्न गराउने राखेपको बाचा छ ।

यता खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले पनि विगतमा एन्फाभित्र देखिएको भ्रष्टाचारको अन्त्य भएकाले अब नेपाली फुटबल खेलमा आसाका किरण देखा परेको बताए । एन्फामा भएको नितीगत फितलोपनलाई पनि अब सच्याउने जिम्मा नयाँ नेतृत्वलाई आएको मन्त्री विश्वकर्माको भनाइ छ । आगामी दिनमा फुटबलको नयाँ निती बनाउन आफु सँधै तत्पर रहेको र हरेक प्रदेशमा फुटबल मैदान बनाउने भनाइ पनि उनले दोहोर्‍याए ।

एन्फाको नयाँ नेतृत्वमाथि खेलाडी एवम् खेलकुद प्रेमीले धेरै अपेक्षा राखेका छन् । खेलकुद मन्त्रालय र एन्फाले ल्याएको यो कार्ययोजना कागजमा मात्र सीमित नभई छिटै कार्यान्वयनमा लगियोस् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);