एन्फामा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

एन्फामा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै

anfa election

काठमाडौं, २२ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)मा नयाँ नेतृत्व चयनका लागि निर्वाचन भैरहेको छ । अध्यक्षका प्रत्यासी रहेका वरिष्ठ उपाध्यक्ष मणि कुँवर र उपाध्यक्ष गणेश चन्दलगायतले भने निर्वाचन बहिस्कार गरेका छन् ।

कार्यसमितिले तोक्नुपर्ने निर्वाचनको मिति निर्वाचन समितिले तोकेको भन्दै कुँवर पक्षले मतदान बहिस्कार गरेको हो । कुँवरले निर्वाचन विधानअनुसार नभएको दाबी गरे पनि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले भने निर्वाचन विधानअनुसार नै भएको बताएका छन् ।

निर्वाचनका लागि फिफाका प्रतिनिधि काठमाडौं आएका छन् । एन्फाको अध्यक्षका लागि कुँवरसँग पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पा प्रतिस्पर्धामा छन् । चार उपाध्यक्षका लागि ९ जना तथा ११ केन्द्रीय सदस्यका लागि २९ जना चुनावी मैदानमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);