नेपाल बारमा चुनावी सरगर्मी उच्च | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपाल बारमा चुनावी सरगर्मी उच्च

नयाँ नेतृत्व चयनका लागि आगामी शनिबार निर्वाचन हुँदै

काठमाडौं, १३ चैत । नेपाल बार एशोसिएशनका अध्यक्षका पदका प्रत्यासीद्धय वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र अभिवक्ता सुनिलकुमार पोखरेलले आ–आफ्नै जीतको दावी गरेका छन् ।

सत्तारुढ नेकपा निकट नेपाल लयर्स एशोसिएशन (एनएलए)बाट अध्यक्ष पदका प्रत्यासी श्रेष्ठले आफू विजयी हुने र नेपाल बार एशोसिएशनलाई सबल बनाउने प्रतिवद्धता व्यक्त गरे भने काँग्रेस निकट डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए) तर्फबाट अध्यक्षका उम्मेदवार पोखरेलले आफू विजयी हुने र न्यायालयलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने प्रतिवद्धता व्यक्त गरे ।

बुधबार काठमाडौंमा आयोजित ‘नेपाल बार एशोसिएशनको निर्वाचन बहस’ कार्यक्रममा बोल्दै एनएलएका अध्यक्ष पदका उम्मेदवार वरिष्ठ अधिवक्ता श्रेष्ठले नेपाल बारलाई सक्षम नेतृत्व चाहिएकाले आफूले उम्मेदवार दिएको बताए ।

यता, डिएलएबाट अध्यक्षका प्रत्यासी पोखरेलले राजनीतिक हस्तक्षेप मुक्त न्यायालयका लागि आफूले उम्मेदवारी दिएको स्पष्ट पारे । आफू विजयी हुने सुनिश्चित भएको दावी गर्दै उनले न्यायालयलाई स्वतन्त्र न्यायालयको रुपमा विकास गर्न आफू लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

नेपाल बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि आगामी शनिबार निर्वाचन हुँदैछ । पदाधिकारीसहित २५ सदस्यीय केन्द्रिय कार्य समिति चयनका लागि प्रगतिशील समूहको तर्फबाट श्रेष्ठ र प्रजातान्त्रिक समूहको तर्फबाट पोखरेल नेतृत्वको दुई वटा समूह निर्वाचनमा होमिएका छन् ।

नेपाल बार एशोसिएसनको केन्द्रिय समितिमा अध्यक्ष, महासचिव, कोषाध्यक्ष १/१ जना रहने व्यवस्था गरिएको छ भने उपाध्यक्षमा भने प्रत्येक प्रदेशबाट १/१ जनासहित ८ जना निर्वाचित हुनेछन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);