डमोक्रेटिक लयर्स एसोसिएशनको प्यानल सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

डमोक्रेटिक लयर्स एसोसिएशनको प्यानल सार्वजनिक

काठमाडौं, ९ फागुन । नेपाल बार एसोशिएसनको आगामी चैत १६मा २५औं नेतृत्वका लागि हुने चुनावका लागि कानुन व्यवसायीहरु चुनावी दौडमा होमिएका छन् । यही क्रममा प्रजातन्त्रवादी कानुन व्यवसायीको संगठन डमोक्रेटिक लयर्स एसोसिएशनले आफ्नो प्यानल सार्वजनिक गरेको छ । प्यालन सार्वजनिक गर्दै डिएलएले स्ववतन्त्र न्यायपालिका र कानुन व्यवसायीको हितका लागि आफ्नो प्यालन आएको दावी गरेको छ ।

‘नियन्त्रित र निर्देशित व्यवस्था विरुद्ध हाम्रो प्रतिबद्धता ः स्वतन्त्र, निर्भिक तथा भ्रष्टाचारमुक्त न्यायपालिका आजको आवश्यकता’ भन्ने नारा तय गरेको बृहत लोकतान्त्रिक समावेसी समुहले कानुन व्यवसायीको हित र न्यापालिकाको स्वतन्त्रतालाई चुनावी मुद्धा बनाएको छ ।

उसले स्वतन्त्र न्यायपालिका लोकतान्त्रिक राज्य व्यवस्थाको प्राण भएको भन्दै न्यायपालिकालाई दवाव, प्रभाव र अभावबाट मुक्त गर्दै निस्पक्ष न्यायको लक्ष्य प्राप्ति आफ्नो चुनावमा जाँदा र नजाँदा दुबै अवस्थाको मुद्धा भएको दावी गरेको छ ।

संविधानभन्दा बढि वा संविधानभन्दा कम हुने कुनैपनि राजनीतिक वा कार्यकारीका निर्णयलाई अस्वीकार गर्दै नेपाल बार एशोसिएनलाई नागरिक समाजको अग्रणी भूमिका निर्वाह गर्ने संस्थाको रुपमा कायम राख्नु आफ्नो लक्ष्य रहेको एसोसिएशनले बताएको छ ।

वरिष्ठ अधिवक्ताहरुलाई सम्मानपूर्ण अवस्था र नयाँ कानुन व्यवसायीहरुलाई सेवामा आकर्षण दिनु र कानुन अध्ययनलाई थप आकर्षणको क्षेत्र बनाउनु डिएलएको नयाँ समुहले मुल लक्ष्यका रुपमा सार्वजनिक गरेको छ ।

विश्वाका विकसित मुलुकमा कानुन शिक्षा प्रमुख आकर्षणको क्षेत्र हुन ेगरे पनि नेपालमा त्यस्तो अवस्था नआउनुमा पेशागत मर्यादा र पेशागत हितको पक्षमा काम हुन नसक्नु मुख्य कारण रहेको भन्दै उसले कानुन अध्ययनलाई प्रमुख आकर्षणको केन्द्र बनाउका लागि समेत काम गर्ने बताएको छ ।

विपक्षीप्रति नरम भएर प्रस्तुत भएका अध्यक्ष प्रत्यासी पोखरेलले विगतमा दसवटा प्यालन हुँदा समेत बार विभाजित नभएको नजिर प्रस्तुत गर्दै धेरै आलोचनामा नउत्रन प्रतिस्पर्धी समुहलाई आग्रह गरे ।

प्यानल सार्वजनिक गर्ने क्रममा डिएलएका नेताहरुले भने कम्युनिष्ट पार्टी निकटका दुई समुह एक नहुँदै डिएलए जस्तै लाग्ने नेपाल लयर्स एसोसिएशन ‘एनएलए’ बनाएकोप्रति भने असन्तुष्टी जनाएको छ । डिएलएले आफ्नो २५ सदस्यीय प्यानल पुरै विजय हुने बताएको छ ।

लोकतान्त्रिक समुहको विकल्पमा बनेको सत्तारुढ कम्युनिष्ट पार्टी निकटको समुहले वरिष्ठ अधिवक्ता चण्डेश्वर यादवलाई उम्मेदवार बनाएको छ । उसले औपचारिक रुपमा प्यालन सार्वजनिक गरिसकेको छैन ।

दुबै समुहले चुनावी दौरानमा आफ्नो प्यालन ठिक र अर्को प्यालन बेठिक भन्ने प्रयास गरेपनि नेपाल बार एसोसिएशनेको साझा मुद्धा स्वतन्त्र न्यायपालिका र कानुन व्यवसायीको हित नैं हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);