मिडियाप्रति मुख्यमन्त्री असन्तुष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मिडियाप्रति मुख्यमन्त्री असन्तुष्ट

dormani poudel

हेटौंडा, १० फागुन । मिडियाले नकारात्मक समाचारलाई मात्र प्राथमिकता दिएको भन्दै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले असन्तोष व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले राजधानी हेटौैंडामा आयोजना गरेको प्रवचन कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले मिडियाले विकास र समृद्धिको विषयमा बहस गर्न छाडेर नकारात्मक समाचारलाई मात्र प्रकाशन प्रशारण गर्ने गरेको आरोप लगाए ।

लामो समयको अस्थिर राजनीतिको कारण देश समृद्धिको दिशातर्फ अगाडि बढ्न नसकेको समयमा मिडियाले नकारात्मक समाचारलाई मात्र प्राथमिकता दिदाँ लक्ष्यमा पुग्न गाह्रो हुने उनको भनाइ थियो । अब सञ्चार माध्यमले समृद्धिका विषयमा पनि बहस सुरु गर्नुपर्नेमा उनले जोड दिए । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

संघीय, प्रदेश र स्थानीय सरकार सुखी नेपाली समृद्धि नेपाल निर्माणमा जुटेको बताउँदै अब देशमा विकासले गति लिने र कोही पनि बेरोजगार बस्नु नपर्ने उनले दाबी गरे । उनले देशमा भर्खरै लागू भएको प्रधानमन्त्री रोजगारी कार्यक्रम र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले देशमा नयाँ उत्साह थपिएको पनि बताए । उनले पूर्वाधार विकास, कृषि आधुनिकीकरण, पर्यटन प्रबद्र्धन, युवा उद्यम तथा भौतिक पूर्वाधारको विकासमा प्रदेश सरकार लागिरहेको सुनाए ।

प्रजातन्त्र दिवसको अवसरमा प्रवचन अगाडि हेटौंडा–४ स्थित भुटनदेवी उच्च माविको प्राङ्गणबाट सुरु भएको र्याली स्कुलरोड, बुद्धचोक, चेम्बरमार्ग हुँदै हेटौंडा–२ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);