अब कुनै पनि नेपाली भोकै बस्नु पर्दैन : मुख्यमन्त्री पौडेल | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

अब कुनै पनि नेपाली भोकै बस्नु पर्दैन : मुख्यमन्त्री पौडेल

सरकारको मिसन समृद्धि

सिन्धुली, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले समृद्धिको यात्रा सरकारको मिसन भएको बताउनु भएको छ । दुधौली नगरपालिका–११ पत्रिङगामा मुसहर समुदायका लागि निर्माण गरिएको नयाँ घरहरुको उद्घाटन कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । उक्त घरहरु सरकारको जनता आवास कार्यक्रम अन्तर्गतनिर्माण भएका हुन् । संविधान दिवसको सन्दर्भ पारेर घरहरुको साँचो हस्तान्तरण गरिएको थियो ।

मुख्यमन्त्री पौडेलले सरकारको गौरवका योजनामध्ये बस्ति विकास कार्यक्रम पनि रहेको चर्चा गर्नुभयो । एकिकृत मुसहर बस्ति निर्माण अहिलेको संविधानको उपलब्धि भएको उहाँको भनाई छ । लामो संघर्ष र बलिदानी पछि अहिलेको संविधान जारी भएको हो । उहाँले भन्नुभयो,‘अब कुनै पनि नेपाली भोकै बस्नु पर्दैन,छाप्रो मुनी बस्नु पर्दैन,सडकमा बस्नु पर्दैन ।’


बस्ति निर्माणसँगै त्यसमा हुनु पर्ने न्युनतम पूर्वाधार सडक, सौचालय र खानेपानीको व्यवस्था हुनु पर्ने उहाँले बताउनुभयो ।मुसहर बस्तिको बाँकी घर निर्माण गर्न पनि बागमती प्रदेस सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘बागमती प्रदेस सरकारले विभिन्न जिल्लामा यस्तै विपन्न वर्गका १ हजार ३सय घर निर्माण गरी रहेको छ । तीमध्ये सिन्धुलीको दुधौली नगरपालिकामा ३५५ विपन्न समुदायको घर निर्माण गरेर साँचो हस्तान्तरण गरेका हौँ ।’

यस्तै दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले विपन्न समुदायलाई तत्काल आवासको सुविधा दिएको र अब रोजगारी दिने स्थानीय सरकारको प्राथमिकता रहेको बताउनुभयोे । नगरपालिकामा मुसहर समुदायको बाँकी ३९५ घर क्रमस बनाउँदै जाने योजना रहेको प्रमुख राउतले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);