टानको केन्द्रिय निर्वाचनका लागि २ समूहको उम्मेदवारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

टानको केन्द्रिय निर्वाचनका लागि २ समूहको उम्मेदवारी

अञ्जन थापा समुह टान

काठमाडौं, १६ भदौ । यही भाद्र २० गते हुने ट्रेकिङ एजेन्सिस एशोसिएशन अफ नेपाल (टान) को केन्द्रिय निर्वाचनका लागि २ वटा समूहले उम्मेदवारी घोषणा गरेका छन् ।

सोमवार राजधानीमा छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी सत्तारुढ दल नेकपा समर्थित समूह र प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस समर्थित समूहले उम्मेदवारी घोषणा गरेका हुन ।

सत्तारुढ दल नेकपाको समर्थनमा रहेको समूहमा अध्यक्षको उम्मेदवार अञ्जन थापा र महासचिवमा सरिता लामा रहेका छन् । त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट समूहबाट अध्यक्षमा खुमबहादुर सुबेदी र कर्मा शेर्पा महासचिवका उम्मेदवार रहेका छन् ।

नेकपा निकट अध्यक्षका उम्मेदवार थापाले पर्वतीय पर्यटनको विकास गरेर कमजोर बन्दै गएको पर्यटन व्यवसायलाई सवल बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

खुमबहादुर सुबेदी समुह टान
खुमबहादुर सुबेदी समुह

काँग्रेस निकट अध्यक्षका उम्मेदवार सुवेदीले आर्थिक संकटमा फसेको टानलाई सुधार गरेर अघि बढाउन आफ्नो समूहले उम्मेदवारी दिएको स्पष्ट पार्नु भयो । उहाँले आफ्नो समूह विजयी भए विगतका पदाधिकारीहरुले भन्दा बढि काम गरेर देखाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

आगामी भाद्र २० गते टानको ४१ औं साधारण सभाको अवसर पारेर निर्वाचन हुँदैछ । निर्वाचनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरु सहित १७ पदका लागि निर्वाचन हुनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);