कांग्रेसभित्र हिन्दु राष्ट्रको बहस चर्कदै | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

कांग्रेसभित्र हिन्दु राष्ट्रको बहस चर्कदै

डा. शशांक कोइराला

काठमाडौं, १६ भदौ । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा हिन्दुराष्ट्रको पक्षमा छलफल चलेको छ । यसको नेतृत्व केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले गर्नु भएको छ ।

महासमिति बैठकबाट आएको लिखित प्रस्तावको बारेमा निश्कर्ष निकालिनुपर्ने भन्दै बैठकमा औपचारीक रुपमा नै कोइरालाले हिन्दुराष्ट्रको विषय छलफलका लागि प्रस्तुत गर्नु भएको हो ।

नेपाली कांग्रेसको नेतृत्वमा संविधान जारी हुनु र संविधानले धर्म निरपेक्षतालाई स्वीकारेको अवस्थामा नेपाली कांग्रेस भित्र हिन्दुराष्ट्रको पक्षमा बहस सुरु हुनुले राजनीतिक बृतमा तरंग ल्याएको छ ।

नेपाली कांग्रेसको नियमावली पारीत, संघीय संरचना अनुसारका कांग्रेसका संरचना निर्माण, भातृ संगठनहरुको बारेमा निर्णय गर्ने लगायत १४ ओटा ऐजेण्डा सहित असार २२ गतेदेखी केन्द्रिय समिति बैठक जारी छ ।

बुधवार बसेको बैठकमा पार्टीका नेता डाक्टर शेखर कोइरालाले हिन्दु राष्ट्रको बिषयमा औपचारीक कुरा राखेसँगै हाल यसका बारेमा छलफल जारी छ । गत पुस महिनामा सम्पन्न महासमिति बैठकमा सहभागी करिव ८ सय प्रतिनिधिले हिन्दुराज्यका पक्षमा निर्णय गर्न भनि हस्ताक्षर समेत गरेर बुझाएका थिए ।

उनीहरुले दिएको लिखित आग्रहलाई पार्टीले बेवास्ता गर्न नहुने एउटा निश्कर्षमा पु-याइनुपर्ने भनि दवाव बढेको छ । के अब कांग्रेसको लाईन मुलुकलाई हिन्दु राष्ट्र बनाउने हो त ? यसबारे केन्द्रीय समिति बैठकले के निर्णय गर्ला ? अहिले चाँसोको विषय बनेको छ ।

महासमिति बैठक पछी बस्दै आएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बारम्बार हिन्दुराज्यको पक्षमा कुरा उठिरहेको हुन्छ । तर त्यसलाई केन्द्रीय समिति बैठकमा औपचारिक ऐजेण्डा बन्न सकेको छैन ।

हिन्दुराज्यको विषयमा कांग्रेस नेता र प्रवक्ताको धारणा मिलेको देखिंदैन । तथापी विषयले बैठकमा प्रवेश पाइसकेको छ । तर प्रवक्ता विश्वप्रकाश शर्मा, संबिधान र कांग्रेसको महासमितिको बिधानमा धर्म निरपेक्ष पार्टीको आधिकारीक धारण बनिसकेकोले हिन्दुराष्ट्रको ऐजेण्डा बैठकमा प्रबेश गर्न आवश्यक नरहेको बताउनुहुन्छ ।

पार्टीको महामन्त्री डा. शशांक कोइराला लगायतका नेताहरु भने हिन्दुराष्ट्रको पक्षमा खुलेरै वकालत गरिरहनु भएको छ । तर पनि सबै नेताको एउटै धारणा बन्न सकेको छैन ।

फरक फरक धारणा र दृष्टिकोणले पार्टीका नेता तथा कार्यकर्ता अलमलमा छन् । पार्टीको बिधानमा धर्मनिरपेक्ष राष्ट्रलाई स्विकारेपनि पार्टी भित्र हिन्दुराष्ट्रका बिषयमा उठेका कुराहरुलाई पार्टीले महाधिवेशनमा लगी छलफल गरी एक निश्कर्ष दिनुुपर्ने कार्यर्ताहरुको सुझाब छ ।

यसअघि पार्टीका केन्द्रीय सदस्य खुमबहादुर खड्काले हिन्दुराष्ट्रको पक्षमा खुलेरै कुरा राख्दै आउनु भएको थियो । उहाँको निधनपछि पनि यो विषयले पार्टी भित्र निरन्तरता पाउँदै आएको छ ।

पार्टी महामन्त्री डा.शशांक कोइराला, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांड लगायतका दर्जनौ नेता पनि खुलेरै हिन्दुराष्टको पक्षमा वकालत गरिरहनु भएको छ । कांग्रेसको आगामी १४ औं महाधिवेसनमा सभापतिको दावेदार मध्येका एकका रुपमा चिनिनु भएका डाक्टर शेखर कोइरालाले हिन्दुराष्ट्रको पक्षमा कुरा उठाएसँगै फेरी एक पटक यो मुद्दाले कांग्रेसका नेता कार्यकर्तादेखी आम नागरिकमा समेत चर्चाको बिषय बनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);