कांग्रेसको केन्द्रीय समिति बैठकले जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

कांग्रेसको केन्द्रीय समिति बैठकले जारी

काठमाडौं, २३ साउन। बिभिन्न १४ वटा एजेण्डा सहित बिगत १ महिनादेखी जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले जारी छ । जारी बैठकले नियमावलि पारीत र संघिय संरचनाअनुसार पार्टीका संरचना वनाउने सम्बन्धमा सहमति वाहेक अन्य एजेण्डामा प्रवेस नै गर्न सकेको छैन ।

कार्यसम्पादन समिति गठन, बिभिन्न भातृसंथाहरुले पुर्णता पाउने सम्बन्धमा सहमती जुट्न नसके यस्तो अवस्थामा सभापती शेरवहादुर देउवाले बहुमतका आधारमा निर्णय लिनुपर्ने नेताहरुले बताउन थालेका छन् ।

पौडेल पक्षधर नेताहरु पार्टी सभापतिले आफ्नो कार्यकाल लम्बाउन लागेको भन्दै संघिय संरचना अनुसार विभागको गठन गरी १४ आंै महाधिवेसनको मिति तोक्नको लागि दवाव दिदै आएका थिए ।

उनीहरु छिटो भन्दा छिटो निर्वाचन मार्फत संघिय संरचना अन्तर्गत विभागहरु गठन गरी महाधिवेसनको लागी तयार हुनुपर्नेमा जोड दिंदै आएका थिए । तर गत असार २२ गतेदेखी जारी के्रन्द्रीय समिति बैठकले एक महिनामा पार्टीको नियमावलि पारीत र संघीय संरचनाअनुसार नेपाली कांग्रेसको समिति गठन गर्ने बिषयमा सहमति वाहेक अन्य एजेण्डामा प्रवेस गर्न सकेको छैन ।

बैठक वस्नु अघि संघीय संरचनाअनुसार नेपाली कांग्रेसको समिति गठन गर्ने सम्बन्धमा निर्वाचनमा जाने कि पार्टीको बिधानअनुसार तदर्थ समिति गठन गर्ने भन्नेमा दुइ धारमा देखीएका नेताहरु हाल भने पार्टीको संरचनाहरुलाई पुर्नगठन गर्नेमा सहमतिमा जुटेका छन् ।

सहमति अनुसार संघिय संरचनाअनुसार पार्टीको समितिहरु पुर्नगठन गर्नको लागी निर्देशिका तयार गर्न पदाधीकारीसँग छलफल गर्नुपर्ने भएकाले जारी केन्द्रीय समिति बैठक केहिदिन पर सारीएको पार्टीका महामन्त्री डाक्टर शशांक कोइरालाले जानकारी दिनुभयो ।

केन्द्रीय समिति बैठकमा विवादीत वनेको बिषय संघिय संरचनाअनुसार पार्टीका संरचनाहरु पुर्नगठन गर्नेमा सहमति जुटेपनि पार्टी भित्र आन्तरीक कलहका कारण हालसम्म बैठकमा अन्य महत्व पुर्ण एजेण्डा प्रवेस हुन सकेका छैनन् ।

भातृ संथा नेपाल बिद्यार्थी संघको तदर्थ समिति गठन, तरुण दललाई पुर्णता दिने लगाएत बिभिन्न भगिनि संगठनहरुले पुर्णता दिने सम्बन्धमा छलफल हुन सकेको छैन । कार्यसम्पादन समिति, स्कुल बिभागहरु वन्न सकेका छैनन् ।

सहमति जुट्न नसकेको अवस्थामा आगामी महाधिवेसनलाई मध्यनजर गर्दै सभापतिले बहुमतको आधारमा निर्णय गरेर अघि बढ्नुपर्ने पार्टीका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठको सुझाव छ ।

समयमै महाधिवेसन गर्नुपर्ने वताउँदै महाधिवेसनका लागी मिति तय गर्न दवाव दिंदै आएका पौडेल पक्षधर नेताहरु पनि महाधिवेसनका लागी १ बर्ष थप गर्ने सहमतिमा पुगेका छन् ।

सभापती शेरवहादुर देउवा एकलौटी ढङ्गले अघि बढेको विभिन्न समयमा आरोप लगाउँदै आएका छन् । पार्टी नेतृत्वको कमजोरीको कारण निर्वाचनमा हार वेहोर्नु परेको नेताहरुको आरोप छ ।

पार्टी भित्र मौलाउँदै गरेको गुटगत राजनीतिका कारण पार्टी कमजोर भएको र सशक्त प्रतिपक्षी वन्न समेत नसकेको अवस्था छ । त्यसैले पनि पार्टी भित्रको गुटगत राजनीतिलाई अन्त्य गरी आगामी महाधिवेसन मार्फत नयाँ नेतृत्व ल्याउनुपर्ने आगामी महाधिवेसनमा सभापतिका लागी दावेदार महामन्त्री शसांक कोइरालाको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);