कांग्रेसको केन्द्रिय समिति बैठक : १४ औं महाधिवेसनको कार्यतालिकामा केन्द्रित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कांग्रेसको केन्द्रिय समिति बैठक : १४ औं महाधिवेसनको कार्यतालिकामा केन्द्रित

nepali congress

सीता शर्मा

काठमाडौं, १३ साउन । नेपाली कांग्रेसको जारी केन्द्रिय समिति बैठकमा पार्टीको अन्तरिम संरचना निमार्ण र आसन्न १४ औं महाधिवेसनको कार्यतालिका कस्तो बनाउने भन्नेमा केन्द्रित छ । संघीय संरचना अनुरुप पार्टीलाई अगाडी लैजान नसकेको कांग्रेसमा तल्लो तहका संरचना सहमतीका आधारमा वा निर्वाचन मार्फत भन्नेमा केन्द्रिय सदस्यहरु विभाजित देखिएका छन् ।

जारी छलफलमा खासगरी संस्थापन पक्ष सहमतीका आधारमा पार्टीको तल्लो तहमा अन्तरिम संरचनाहरु गठन गनुपर्ने बताइरहेको छ भने संस्थापन इतर पक्षका नेताहरु विधान बमोजिम निर्वाचनबाटै तल्लो तहमा संरचनाहरु बनाउनुपर्ने अडानमा देखिएका छन् ।

गएको फागुनमा सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकबाट पारित पार्टीको विधानको धारा ७२ को ४ मा पार्टीको रिक्त संगठन अन्तरीम व्यवस्था अनुसार गठन गर्ने उल्लेख गरीएको छ । तर यहि व्यवस्था अनुरुप पार्टीको रिक्त संगठन कुन प्रक्रियाबाट पूर्ति गर्ने भन्ने विषयमा नेपाली कांग्रेसको केन्द्रिय समिति बैठकमा छलफल चलिरहेको छ ।

संघिय संरचना अनुरुप ८ तहको पार्टी संरचनाको व्यवस्था गरेको कांग्रेसले टोल, वडा, नगर, जिल्ला जस्ता तल्लो तहका संरचनाको गठन गनुपर्ने छ तर जारी केन्द्रिय समिति बैठकमा १४ औ महाधिवेसन अगाडि बन्ने यी तल्लो तहका संरचना सहमतिका आधारमा गर्ने कि निर्वाचन मार्फत गर्ने भन्नेमा विवाद देखिएको छ । संस्थापन पक्ष समय अभाव देखाउदै पुरानै संरचनाको आधारमा सहमति मार्फत तल्लो तहको संरचना बनाइनुपर्नेमा जोड दिइरहेको छ । त्यस्तै भागबण्डाका आधारमा पनि पार्टीको बाकि संरचना बनाउन सकिने संस्थापन पक्षको प्रस्ताव छ ।

तर कांग्रेसको सस्थापन पक्ष इतरका नेताहरु भने पार्टीको विधान अनुरुप नै निर्वाचन मार्फत तल्लो तहको संरचना बनाउनु पर्ने अडानमा देखिएका छन् । चाहना हुने हो भने निर्वाचनका लागि समय भएकोे भन्दै सानेपामा बसेर सहमति कुरा स्वीकार्य नहुने नेताहरुको दाबी छ ।

यता समितिका केही सदस्य भने बर्तमान परिस्थीतिलाई ख्याल गरेर १४ औ महाधिवेसन समयमा गर्नका लागि सहमति नै पहिलो विकल्प भएको हुनाले यसमा अधिकांश केन्द्रिय सदस्य सहमत भएपनि बाहिर मिडियामा आएर फरक कुरा गर्ने गरेको आरोप लगाउँछन् ।

आगामी फागुनमा नेपाली कांग्रेसको १४ औ महाधिवेसन हुनुपर्ने भएपनि त्यो अब एकवर्ष लम्बिने पक्कापक्कि भएको छ । तर महाधिवेसनको तालिका र मिति तोक्न दबाब दिइरहेका रामचन्द्र पौडेल पक्षका नेताहरु मिलाउनका लागि संस्थापन पक्षलाई भने सकस हुने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);