नेकपाको सचिवालय बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेकपाको सचिवालय बैठक आज बस्दै

nekapa-sachiwalaya

काठमाडौं, १३ साउन । पार्टी स्कूल विभागको प्रमुखबारे सहमति नजुटेपछि पटक पटक स्थगित भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।

खासगरी पार्टीको दृष्टिकोण र सिद्धान्तबारे तल्लो तहसम्म सैद्धान्तिक प्रशिक्षण तथा स्कूल सञ्चालन गर्ने विभागको प्रमुखमा कसलाई ल्याउने भन्ने बिषयमा नेकपाभित्र सहमती नजुटेपछि पटक पटक सचिवालय बैठक स्थगित हुँदै आएको छ । उक्त बिभागमा पूर्वएमालेबाट ईश्वर पोखरेल र पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठ लगायत ६ जनाको दाबी रहेको जनाइएको छ ।

स्कूल विभागको नेतृत्वमा विवाद चुलिँदा गत हप्ता पनि सचिवालय बैठक २ पटक स्थगित भएको थियो भने हिजोका लागि बोलाइएको बैठक पनि स्थगित भएको थियो । नेकपाले ६ महानगरपालिका सहित पार्टीको ७७ जिल्ला कमिटिहरुमा इन्चार्ज र सहइन्चार्ज भने तोकिसकेको छ । नेकपामा ३३ वटा बिभाग रहेका छन । बैठक आज दिउँसो ३ बजे बस्दैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);