नेकपाको स्कूल विभाग प्रमुखमा अझै सहमति जुटेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेकपाको स्कूल विभाग प्रमुखमा अझै सहमति जुटेन

नेकपाको सचिवालय बैठक

काठमाडौं, ९ साउन । पार्टी स्कूल विभागको प्रमुखबारे सहमति नजुटेपछि नेपाल कम्युनियट पार्टी(नेकपा)को सचिवालय बैठक बिहिवार पनि स्थगित भएको छ । पार्टीको दृष्टिकोण र सिद्धान्तबारे तल्लो तहसम्म सैद्धान्तिक प्रशिक्षण तथा स्कूल सञ्चालन गर्ने विभागको प्रमुखमा कसलाई ल्याउने भन्ने बिषयमा नेकपाभित्र बिवाद देखिएको हो ।

उक्त बिभागमा पूर्वएमालेबाट ईश्वर पोखरेल र पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठको दाबी रहेको जनाइएको छ । यसमा शीर्ष नेताहरुबीच सहमती नजुटेपछि बैठक स्थगित भएको हो ।

स्कूल विभागको नेतृत्वमा विवाद चुलिँदा मंगलबारका लागि बोलाइएको बैठक स्थगित गरेर बिहिवारका लागि वोलाइएको थियो । नेकपाले ६ महानगरपालिका सहित पार्टीको ७७ जिल्ला कमिटिहरुमा इन्चार्ज र सहइन्चार्ज भने तोकिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);