स्कूल विभागमा सहमति नजुटेपछि नेकपाको सचिवालय बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

स्कूल विभागमा सहमति नजुटेपछि नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं, ७ साउन । पार्टी स्कूल विभागको प्रमुखबारे सहमति नजुटेपछि मंगलबार बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । सोमबार साँझ शीर्ष नेताहरुबीच सहमति नजुटेपछि सचिवालय बैठक अनिश्चित भएको हो ।

पार्टीको दृष्टिकोण र सिद्धान्तबारे तल्लो तहसम्म सैद्धान्तिक प्रशिक्षण तथा स्कूल सञ्चालन गर्ने विभागको प्रमुखमा कसलाई ल्याउने भन्ने बिषयमा नेकपाभित्र बिवाद देखिएको हो । उक्त विभागमा पूर्वएमालेबाट ईश्वर पोखरेल र पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठको दाबी रहेको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);