सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल गठन गर्न जनार्दन शर्माको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल गठन गर्न जनार्दन शर्माको माग

काठमाडौं, २३ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद जनार्दन शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल गठन गर्न सरकारसंग माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले सत्य तथ्य पत्ता लगाई न्याय निरुपण नगरि शान्ति प्रक्रियाको काम पुरा नहुने भन्दै संवेदनशील विषयलाई हेलचेक्राई नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो । उहाँले जिम्मेवारी पुर्वक आयोग तत्काल गठन गरि काम अघि बढाउन आग्रह गर्नुभयो ।

उहाँले संविधानमाथि नै प्रश्न उठाउने दुश्प्रयास भईरहेको भन्दै त्यो आफुहरुलाई स्वीकार्य नहुने चेतावनी दिनुभयो । संघीय संरचनामा काम गर्ने क्रमका कानुन लगायतको अभावले केही जटिलता देखिएको भएपनि सोही विषयलाई लिएर संघीय प्रणालीमाथिको प्रश्न उठ्नलाई स्वभाविक रुपमा लिन नसकिने बताउनुभयो । संघीयतामाथि उठ्ने गरेका हरेक प्रश्नले त्याग र बलिदानको उपेक्षा गरेको टिप्पणी उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो “संघीय व्यवस्था भनेको गुडिया होइन । खेलौना होइन । यो एउटा बच्चाले मन परेन भनेर फेर्न सकिदैन । त्याग र बलिदानबाट प्राप्त भएको कुरा हो त्यसकारणले यसलाई गुडियाको रुपमा नलिईयोस् । म सचेत र सर्तक गराउन चाहन्छु ।”

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);