प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै कसले के भने ? | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै कसले के भने ?

mahara

काठमाडौं, २३ साउन । प्रतिनिधिसभाको सुन्य समयमा बोल्दै सांसदहरुले बैठक कक्षको एअर कण्डिसन बिग्रिएको देखि शुन्य र विशेष समयमा उठेका विषयमा सरकार र सम्बन्धीत मन्त्रीबाट सम्बोधन हुन नसकेको भन्दै सम्बन्धीत निकायलाई निर्देशन दिन सभामुखका ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको विहिबारको बैठकको शुन्य समयमा बोल्दै सांसद सिता देवी यादवले बाढी प्रभावितका लागि सरकारले उचित व्यवस्था गर्न नसकेको भन्दै अबिलम्ब राहतको व्यवस्था गर्न माग गर्नुभयो । शान्ति प्रक्रियाका १४ बर्ष पुगीसक्दा पनि पीडितहरुले न्याय र परिपुरण नपाएको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

सांसद सुजता परिवारले प्रतिनिधिसभा बैठक कक्षको एअर कण्डिसन बिग्रिएकोतर्फ सभामुखको ध्यानाकर्षण गराउँदै सम्बन्धीत निकायलाई तत्काल निर्देशन गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो “सुनिन्छ एसिमा पानी छैन । पानी सकिएर एसि नचलेको । सचिवालयबाट लिएको भाडाले के पानी किन्न नसकेको हो कि ? पानी पेट्रोल भन्दा महंगो भएको हो ? तीन तीन दिन सम्म पनि एसि बनाउन नसक्नु सरासर लापरवाही हो । त्यसैले सभामुख मार्फत तत्काल सम्बन्धीत निकायलाई निर्देशन होस भनि अनुरोध गर्न चाहन्छु ।”

सांसद सुदन किराँतिले सबै तर्फ वेथितिहरु देखा परेको भन्दै ‘वेथितिले सिमा नाघ्यो । सहने शक्ति कहाँबाट आर्जन गरुँ ?’ भनी प्रश्न गर्नुभयो । स्थानीय तहमा कर्मचारी अभावले बजेट खर्च हुन नसकेको भन्दै तत्काल आवश्यक कर्मचारी पठाउने व्यवस्था गर्न सरकारसंग माग गर्नुभयो ।

उहाँले भन्नुभयो “आज ११ बजेर ३० मिनेट जाँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेको थिएँ । कर्मचारीहरुले मन्त्रालय पस्ने बाटो अवरुद्ध गरेर पस्न दिईएन । किन भने उपमहानगरपालिका र नगरपालिकाले उहाँहरुलाई हाजिर गराउनुभएको रहेनछ । दुरदराजका वडाहरुमा कर्मचारीको अभावमा ६ वटा वडा एउटै सचिवले चलाउनुपरिरहेको र कर्मचारीको अभावमा जनताको नाममा गएको बजेट फ्रिज भएको छ । काठमाडौं भन्दा १० गुणा ठुलो एउटा वडा पहाडमा छ । जहाँ यातायात छैन र टेलिफोन सम्पर्क पनि समयमा हुन सक्दैन । जनताले तिरेको करबाट तलब खाने नेपाल सरकारको कर्मचारीलाई देशको कुना कन्दरामा छिटो पठाउनुपर्यो । होइन भने जागिरबाट २४ घण्टा भित्र बरखास्त गरेर हजारौ बेरोजगार युवाहरुलाई करारमा भर्ना गरेर देशलाई अगाडि बढाउनुपर्यो ।”

सांसद सुरेशचन्द्र दासले प्रतिनिधीसभाको बैठकको शुन्य समय र विशेष समयमा उठाएका विषयको जवाफ सम्बन्धीत मन्त्रीले दिनका लागि रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

सांसद स्मृतिनारायण चौधरीले बाढी पहिरो र डुबानका कारण सबै भन्दा प्रदेश नम्बर २ प्रभावित भएको भन्दै प्रभावितलाई उपयुक्त किसिमको राहत उपलब्ध गराउन सरकारसंग माग गर्नुभयो ।

सांसद ज्ञान कुमारी छन्त्याल साउन १८ गते रातीदेखि मध्य पहाडी लोकमार्गको झण्डै २ सय मिटर सडक भत्किएका कारण सवारी साधन संचालनमा समस्या देखिएको भन्दै त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);