'संविधानको मर्म अनुसार कानुन निर्माणको कामलाई तीव्रता' | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

‘संविधानको मर्म अनुसार कानुन निर्माणको कामलाई तीव्रता’

ganesh prasad

काठमाडौं, २३ साउन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानको मर्म अनुसार कानुन निर्माणको कामलाई तीव्रता दिइएको बताउनु भएको छ ।

अध्यक्ष तिमिल्सिनाले संविधानले कुनै पनि नागरिकलाई भेदभाव गर्न नहुने व्यवस्था गरेको उल्लेख गर्दै सबै नागरिक समृद्ध हुने गरी समृद्धिको अभियानलाई अघि बढाउन पनि तीन वटै तहका सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले शिक्षा, स्वास्थ्य तथा रोजगारी जस्ता नागरिकको अधिकारलाई संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै नागरिकको आधारभूत समस्या समाधान गर्दै अघि बढ्न पनि सरकारलाई आग्रह गर्नु भयो ।

अध्यक्ष तिमिल्सिनाले मुलुकमा राजनीतिक स्थायित्व पनि कायम भएकाले अव समृद्धिको अभियानलाई अघि बढाउन सहज भएको स्मरण गराउनु भयो । मातृभूमि महिला समाजले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले समृद्धिको अभियानलाई अघि बढाउन नागरिकमाथि कुनै पनि प्रकारको विभेद हुन नदिन सरकारलाई सचेत पनि गराउनु भयो । कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले संस्कतिविद् सत्यमोहन जोशीलाई पनि सम्मान गर्नु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);