कानुन निर्माणको कामलाई उच्च प्राथमिकता दिने राष्ट्रियसभाका अध्यक्षकाे प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

कानुन निर्माणको कामलाई उच्च प्राथमिकता दिने राष्ट्रियसभाका अध्यक्षकाे प्रतिवद्धता

Ganesh-Timalsina

काठमाडौं, १४ चैत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन निर्माणको कामलाई उच्च प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले संवैधानिक व्यवस्था अनुसार समय तालिका बनाएरै कानुन निर्माणको काम अघि बढाउन सरकारसँग छलफल भईरहेको स्पष्ट पारेका छन् । बुधबार सिंहदरबारमा पत्रकारसँग भएको भेटघाट कार्यक्रममा बोल्दै उनले स्थानीय सरकार र प्रदेश सरकारको कानुन निर्माणको कामलाई पहिलो प्राथमिकतामा राख्ने योजना अघि सारेका छन् ।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिसभालाई जनताप्रति उत्तरदायी बनाउने दावी गरे । उनले राष्ट्रियसभाका गतिविधिलाई जनता माझ जस्ताको तस्तै पुर्याई दिन पनि संचारकर्मीसँग आग्रह गरे । अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभालाई प्रभावकारी बनाउने बताए ।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाको अध्यक्षको उम्मेदवार बन्नु अघि नै आफूले एमालेको साधारण सदस्य समेत नरहनेगरी राजीनामा दिएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);