प्रतिपक्षमाथि कुनै प्रकारको भेदभाव हुँदैन : अध्यक्ष तिमिल्सिना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रतिपक्षमाथि कुनै प्रकारको भेदभाव हुँदैन : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभालाई जनप्रतिनिधिहरुको साझा थलो बनाउने अध्यक्षको प्रतिबद्धता

काठमाडौं, ३० फागुन । नवनिर्वाचित राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभालाई जनप्रतिनिधिहरुको साझा थलो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नवनिर्वाचित अध्यक्ष तिमिल्सिनाले कानुन निर्माणको कामलाई पहिलो प्राथमिकता दिने योजना अघि सारे । बुधबार अध्यक्षमा निर्वाचित भएगलत्तै संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ कुराकानी गर्दै उनले त्रुटिरहित कानुन निर्माण गर्ने र त्यसलाई कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराउन लागिपर्ने बताए । अध्यक्ष तिमिल्सिनाले प्रतिपक्षमाथि कुनै प्रकारको भेदभाव नहुने स्पष्ट पारेका छन् ।

नवनिर्वाचित अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभालाई मर्यादित ढंगले अघि बढाउन संचारकर्मीहरुलाई साथ दिन आग्रह गरे । एमाले नेता तिमिल्सिना राष्ट्रियसभाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आगामी चैत्र ४ गते आईतबार हुँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);