राष्ट्रियसभाले प्रदेश र स्थानीय तहलाई सम्बोधन हुनेगरी समिति बनाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रियसभाले प्रदेश र स्थानीय तहलाई सम्बोधन हुनेगरी समिति बनाउने

Ganesh-Timalsina

काठमाडौं, २ वैशाख । राष्ट्रियसभाले प्रदेश र स्थानीय तहको सरोकारलाई पनि सम्बोधन हुनेगरी समिति बनाउने भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहको सरोकारमा छलफल गर्न समिति नै बनाउने विषयमा छलफल भईरहेको जानकारी दिए ।

आईतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा कुराकानी गर्दै उनले प्रदेश र स्थानीय तहको सरोकारलाई सम्बोधन गर्न आवश्यक परे उनीहरुसँग सोझै छलफल गर्ने कार्यादेश सहितको समिति बनाउन लागिएको बताए । राष्ट्रिय सभा नियमावली मस्यौदा समितिले समितिहरु निर्माणका विषयमा छलफल गरिरहेको छ ।

अध्यक्ष तिमिल्सिनाले मुलुकको विधि, सुशासन र सरकारलाई प्रभावकारी बनाउने विषयमा राष्ट्रियसभाले आवश्यक परे स्थानीय तहको समेत सुझाव लिने गरी समिति बनाउन लागिएको बताए । समितिले स्थानीय तहको सरोकारको विषयमा स्थानीय तहसँग र प्रदेशको सरोकारको विषयमा प्रदेशसँग आवश्यक परामर्श लिने काम गर्नेछ ।

राष्ट्रियसभाले सभामा निर्णयार्थ पेश गरिएका सबै प्रस्तावहरु सर्वसम्मतिमै पास गर्ने योजना पनि बनाएको छ । अध्यक्ष तिमिल्सिनाले सर्वसम्मति हुन नसकेका विषयमा भने बहुमतबाट निर्णय लिनुको विकल्प नरहेको स्पष्ट पारे ।

राष्ट्रियसभालाई विवादमा आउन दिन नहुने अध्यक्ष तिमिल्सिनाको भनाई छ । उनले लोकतान्त्रिक विधिसम्मत ढंगले राष्ट्रिय सभाले आफ्नो दायित्व निर्वाह गर्ने बताए । अध्यक्ष तिमिल्सिनाले ऐन, कानुन निर्माणमा राष्ट्रियसभा केन्द्रित हुने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);