राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा प्रदेश ३ सँग छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा प्रदेश ३ सँग छलफल

ganesh prasad

काठमाडौं, २९ साउन । राष्ट्रियसभाले संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रदेश ३ संग छलफल गरेको छ ।

विधेयकमा सक्दो सहमति जुटाउने उद्देश्य साथ बुधवार राष्ट्रियसभाले संघीय संसद, प्रदेशसभाका सदस्य, जिल्ला समन्वय समिति, नगरपालिका तथा गाउपालिकाका जनप्रतिनिधिसंग संयुक्त छलफल गरेको हो ।

छलफलमा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संविधानले परिकल्पना गरेको सिद्धान्तको पालनाको साथै ऐनको सफल कार्यान्वनयका लागि सबै तहका सरकार र जनप्रतिनिधिहरुको सहमति आवश्यक पर्ने बताउनुभयो ।

उहाँले संविधानको भावना अनुसार साझा सूचीलाई व्यवस्थित र परिभाषित गरी संविधानको भावना अनुसार सबै नागरिकले अधिकारको प्रयोग गर्न सक्ने बनाउनका लागि साझा छलफल आवश्यक भएको उल्लेख गर्नुभयो ।

संघ, प्रदेश र स्थानीय तहले हरेक अधिकारलाई आफु मातहत राख्न चाहनु अस्वभाविक नभएको भन्दै उहाँले सबैका चाहानाबाट साझा सहमति खोज्न प्रदेशस्तरीय छलफल प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा विधेयकले गरेको व्यवस्था बारे विषयविज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);