मधेश डुबान समस्याको दीर्घकालिन समाधानका लागि कुटनीतिक पहल गर्नुपर्छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

मधेश डुबान समस्याको दीर्घकालिन समाधानका लागि कुटनीतिक पहल गर्नुपर्छ

गृहसचिव प्रेम कुमार राई

काठमाडौं, २९ साउन । गृहसचिव प्रेम कुमार राईले नेपाल भारतबीचको सिमाना, तटबन्ध तथा तराई मधेश डुबान समस्याको दीर्घकालिन समाधानका लागि कुटनीतिक पहल गरिनुपर्ने बताउनुभएको छ ।

संघीय संसद अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा गृहसचिव राईले तराई-मधेश डुबान-बाढी तथा नेपाल भारत सीमावर्ती बाँध सम्बन्धमा दीर्घकालिन समाधान खोज्नका लागि उच्चस्तरमा कुटनीतिक पहल गरिनुपर्ने बताउनुभएको हो ।

रौतहटको इसान नगरमा भारतले बनाएको सिमावर्ती सडक एकातर्फी रुपमा ५ फिट सम्म उचाई बढाउने काम भएको र त्यसबारे आफुहरुले चासो राख्दा मर्मत गरेको भनी परराष्ट्र मन्त्रालयबाट पनि सामान्य रुपमा लिने काम भएको गुनासो उहाँले गर्नुभयो ।

गृहसचिव राईले तराई मधेसमा बर्षेनी हुने डुबान र बाढीको समस्या मुलतः भारत तर्फबाट सिमा क्षेत्रमा निर्माण तटबन्धकै कारणले हुने गरेको बताउनुभयो । त्यसैगरी नेपाल तर्फको तटबन्ध गुणस्तरीय नहुनु, तटबन्ध निर्माणको प्राविधिक पक्ष कमजोर हुनु तथा चुरेको दोहन बढ्दै जानुको कारणले पनि बाढीको समस्या बढाएको उहाँको तर्क थियो । अहिले सम्पुर्ण अधिकार स्थानीय सरकारमा गएको र बालुवा, गिटी निकासीका लागि उनीहरुले नै अनुमति दिने भएकाले संघले अनुगमन पनि गर्न नमिलेको भन्दै चुरेको दोहनमा तत्काल कडाई नगरे भविश्यमा झन् ठुलो क्षति व्यहोर्नुपर्ने बताउनुभयो ।

उहाँले भारतसंगको सिमास्तम्भ समयमै मर्मत गर्न नसकिएको तथा बाढीले बगाएको लामो समय सम्म पनि ती स्थानमा सिमा स्तम्भ बनाउन नसकिएको स्वीकार गर्नुभयो ।

गृहसचिव राईले तराईका बाढी प्रभावितका लागि गरिने उद्धार, राहत र पुर्ननिर्माण तथा पुनस्थापनाको काममा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुन नसकेको गुनासो गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);