बाढी र डुबानको समस्या समाधानका लागि सबै तहका सरकारसँग समन्वय : मन्त्री पुन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बाढी र डुबानको समस्या समाधानका लागि सबै तहका सरकारसँग समन्वय : मन्त्री पुन

barsaman pun

काठमाडौं, २ चैत । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले तराई मधेसको बाढी र डुबानको समस्या समाधानका लागि सबै तहका सरकारसंग समन्वय गरि सरकारले काम गरिरहेको स्पष्ट पार्नुभएको छ ।

राष्ट्रियसभाको आइतबारको बैठकमा डुबान सम्बन्धी समस्याहरुको दीर्घकालीन समाधानका लागि दिएको निर्देशन कार्यान्वय बारेको ध्यानाकर्षण प्रस्तावमाथिको जवाफमा उहाँले सरकारले काम गरिरहेको बताउनुभएको हो ।

मन्त्री पुनले बाढी र डुबानको समयमा गत बर्ष तत्काल उद्धारका कामहरु प्रभावकारी रुपमा भएको र जोखिम न्यूनीकरणका लागि अहिले नियमित कामहरु भईरहेको उल्लेख गर्नुभयो ।

मन्त्री पुनले जनताको तटबन्दका ६ वटा कार्यालयहरु रहेको, नियमित नदी नियन्त्रणको काम गर्नलाई थप ८ वटा कार्यालय गरेर १४ वटा कार्यालयहरु तराई मधेसमा नै कार्यरत रहेको स्पष्ट पार्नुभयो । उहाँले भारत संगको सिमा क्षेत्रमा बनाउने संरचनाको सवालमा सप्तरी देखी बाँके सम्मको अध्ययन भएर प्रतिवेदन पनि तयार भईसकेको जानकारी दिनुभयो ।

बैठकमा सांसदहरुले बाढी र डुबानलगायत समस्याको दीर्घकालिन समाधानका लागि भएका पहलबारे मन्त्री पुनसंग जानकारी मागेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);