मन, बचन र कर्मले समाज सेवा गराैं : तिमिल्सिना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

मन, बचन र कर्मले समाज सेवा गराैं : तिमिल्सिना

Ganeshtimilsina

काठमाडौं, ६ असोज । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समाज सेवालाई औपचारिकतामा मात्रै सीमित नराख्न सरकारलाई आग्रह गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले समाज सेवाको कामलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए । ३९ औं सामाजिक सेवा दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मन, बचन र कर्मले समाज सेवाको माध्यामबाट देश र जनताको हितमा काम गर्न सबैलाई आह्वान गरे ।

अध्यक्ष तिमिल्सिनाले समाज सेवाको कामलाई व्यापक बनाउन विगतबाट पाठ सिकेर अघि बढ्न पनि समाज कल्याण परिषदलाई आग्रह गरे । कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले देशको ऐन, कानुन प्रतिकूल नहुने गरी समाज सेवाको काममा लाग्न सम्बन्धित निकायलाई निर्देशन दिइन् ।

उनले गैरसरकारी संस्थाहरुले जनताको विश्वास जित्नेगरी काम गर्नुपर्ने आवश्यक्तामा जोड दिइन् । मन्त्री थापाले समाज सेवाको कामलाई प्रभावकारी बनाउन पनि मातहतका निकायलाई सचेत गराएकी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);