फोन गर्न डाँडाँ चढ्नु पर्ने दुर्गम जिल्लाका सांसदको गुनासो | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

फोन गर्न डाँडाँ चढ्नु पर्ने दुर्गम जिल्लाका सांसदको गुनासो

काठमाडौं, २५ चैत । दुर्गम जिल्लाका सांसदहरुले घाम नलागेसम्म मोबाइलमा टावर नआउने भन्दै नेपाल टेलिकमको सेवा प्रति गुनासो गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्धारा मंगलबार आयोजित ‘दूरसञ्चार सेवाको पहँुच, प्रवाह तथा गुणस्तर’ सम्बन्धी अन्त्ररक्रियामा विभिन्न दुर्गम जिल्लाका सांसदहरुले दूरसञ्चार सेवा राम्रो नभएको भन्दै गुनासो गरेका हुन् ।

बझाङ जिल्लाकी सांसद आशाकुमारी विकले बझाङ जिल्लामा हिउँदमा हिउँ परेर टावर नआउने, वर्षामा पानी परेर नआउने र अन्य समयमा दश नबज्दा सम्म, घाम नलाग्दा सम्म टावर नआउने भन्दै गुनासो गरिन् । जिल्लामा चारवटा सिमकार्डले काम गर्ने तर फरक फरक डाँडामा फरक फरक सिम प्रयोग गर्नुपर्ने बाध्यता रहेको पनि उनले जिकिर गरिन् । जुम्लाका सांसद गजेन्द्रबहादुर महतले फागुन महिना देखि जुम्लामा एनटीसीले काम नगरेको जानकारी गराए ।

टावर विग्रेपछि पनि निर्माण गर्ने कार्यमा ढिलासुस्ती हुने गरेको उनले बताए । उनले जुम्लामा एनसेल जहिले चल्ने तर एनटीसी जहिले विग्रने गरेको गुनासो गरे । जसका कारण जुम्लाका मानिसहरुमा टेलिकमका कर्मचारीले एनसेलबाट पैसा लिएर टेलिकमको टावर विगार्ने काम गरेको बुझाई रहेको पनि उनले बताए । अछामका सांसद रामबहादुर विष्टले अछाम जिल्लामा १० वटा स्थानीय तह रहेको र केही स्थनीय तहमा अहिले सम्म मोबाइल सेवा नपुगेको बताए ।

चल्ने ठाउँमा पनि जताजता घाम लागेको छ, जहाँ डाँडाँ छ त्यहिं गएर फोन गर्नुपर्ने अवस्था रहेको गुनासो गरे । टुजी समेत नचल्ने ठाउँमा थ्रिजी र फोरजीको अपेक्षा नभएको बताए । कालिकोटका सांसद दुर्गाबहादुर रावतले कर्णाली प्रदेशमा अहिले सम्म नेपाल टेलिकमको प्रादेशिक कार्यालय नभएकाले समस्या पर्दा गुनासो गर्ने ठाउँ नै नपाएको बताए । यस्तै अहिले सबै स्थानीय तहले अनलाइनबाट योजना माग गर्नुपर्ने व्यवस्था रहेको तर इन्टरनेटको सुविधा नहुँदा गतवर्ष कर्णालीका अधिकांस पालिकाहरुले बजेट माग गर्नै नपाएको गुनासो गरे ।

उनले इन्टरनेट नै नहुँदा सुर्खेत पुगेर काम गर्नुपर्ने बाध्यता रहेको बताए । मुगुका सांसद मोहन बानियाँले दुर्गम जिल्ला अन्य कुराले मात्रै पछाडि परेको नभई सञ्चार क्षेत्रमा पनि दुर्गम रहेको बताए । दैलेखकी सांसद पार्वती कुमारी विशुन्केले दैलेख जिल्लामा कम्युटर र इन्टरनेटको कहिल्यै भेट हुँदैन भन्दै व्यङ्ग्य गरिन् । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कर्णाली र सूदुरपश्चिम प्रदेशमा भएको सञ्चार क्षेत्रको समस्याप्रति आफू गम्भिर भएको बताए ।

उनले कर्णाली र सूदुरपश्चिम प्रदेशमा पूर्ण रुपमा टेलिकमको सेवा नपु¥याउँदा सम्म अन्य नयाँ कार्यक्रम र योजना नबनाउने प्रतिवद्धता पनि जनाए । मन्त्री गुरुङले सञ्चार महामार्ग निर्माणको काममा जुट्न पनि सांसदहरुलाई आग्रह गरे । सञ्चार क्षेत्र नै संसार भएकाले त्यसको विकासको माध्यमबाट मुलुकलाई समृद्ध बनाउन सबैको ध्यान जान जरुरी रहेको पनि बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);