बाजुरामा दूरसञ्चारको सेवा प्रभावकारी नभएको सेवाग्राहीले गुनासाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बाजुरामा दूरसञ्चारको सेवा प्रभावकारी नभएको सेवाग्राहीले गुनासाे

मदन विश्वकर्मा
बाजुरा, २८ जेठ । बाजुरामा नेपाल दूरसञ्चार कम्पनीको सेवा प्रभावकारी नभएको सेवाग्राहीले गुनासो गरेका छन् । क्षमता भन्दा बढी लाईन वितरण गरेकाले सेवा प्रभावकारी नभएको हो ।

बाजुरामा नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा सेवाग्रही मारमा परेका छन् । टेलिकमले वितरण गरेको इन्टरनेट र फोन सेवा प्रभावकारी नभएको सेवाग्राहीको भनाइ छ । क्षमता भन्दा बढी लाईन वितरण गरेकाले सेवा प्रभावकारी नभएको हो ।

एडिएसएल फोन नचल्दा सरकारी कार्यालयको कामकाज समेत प्रभावित भएको छ ।सेवा प्रभावकारी बनाउन आग्रह गर्दा पनि टेलिकमले चासो नदिएको सेवाग्राहीको गुनासो छ । घाम लागेको बेलामात्र टावर आउने गरेपछि सेवाग्राही मारमा परेका हुन् ।

विगत ४ महिनादेखि टेलिफोनमा समस्या आएको हो। टेलिकमले सेवा सुधार नगर्दा सेवाग्राहीले प्राइभेट कम्पनीको सेवा लिन थालेका छन् । दुरसञ्चार शाखा बाजुराले समस्याबारे जानकारी नभएको प्रतिक्रिया दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);