सूचना तथा संचार प्रविधि सम्मेलन काठमाडौंमा हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सूचना तथा संचार प्रविधि सम्मेलन काठमाडौंमा हुने

काठमाडौं, २८ जेठ । यही असार ३ र ४ गते काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको सूचना तथा संचार प्रविधि सम्मेलन आयोजना हुने भएको छ ।

कम्प्युटर एशोसिएशन नेपाल महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय स्तरको सूचना तथा संचार प्रविधि सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

देशका विभिन्न भागमा स्मार्ट सिटी बनाउने सरकारको परिकल्पनालाई आवश्यक सुझाव दिने उद्देश्यका साथ सूचना र प्रविधिसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको महासंघका महासचिव रञ्जित पोदारले जानकारी दिए।

२ दिनसम्म चल्ने सम्मेलनमा चीन, भारत, मलेसिया, सिंगापुर, श्रीलंका, बंगलादेश, दक्षिण कोरिया, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका विषयगत विज्ञहरु सहभागी हुनेछन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्नेे सम्मेलनमा स्थानीय र प्रदेश सरकारका प्रतिनिधिहरुको पनि उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएको छ । सम्मेलनले नेपाललाई आधुनिक सूचना प्रविधिको क्षेत्रबारे विस्तृत जानकारी दिने महासंघको दावी छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);