नेपालमा बालबालिका सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८१, बिहीबार

नेपालमा बालबालिका सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं, २८ चैत । बालविकासका लागि एशीया प्रशान्त क्षेत्रीय संजालको सम्मेलन नेपालमा हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार काठमाडौंमा पत्रकार सम्मेलनगरी संजालको सम्मेलनबारे जानकारी गराएको हो ।

आगामी जेठ २२ गतेदेखि २४ गतेसम्म आयोजना गर्न लागिएको सम्मेलनमा मुख्यतः अन्तर्राष्ट्रिय स्तरमा भएका बालविकासका नयाँ अनुसन्धान तथा प्रयोगबारे अनुभव आदानप्रदान हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले बताए ।

सम्मेलनमा करिव ४० देशका ५ सय विदेशी तथा २ सय स्वदेशी गरी ७ सय सहभागी हुने अपेक्षा गरिएको छ । सम्मेलनको व्यवस्थापनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा मूल आयोजक समिति समेत बनाइएको मन्त्रालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);