बिहिबारदेखि काठमाडौंमा ‘अन्तराष्ट्रिय सनातन हिन्दु सम्मेलन’ हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बिहिबारदेखि काठमाडौंमा ‘अन्तराष्ट्रिय सनातन हिन्दु सम्मेलन’ हुने

काठमाडौं, १३ भदौ । आगामी बिहिबारबाट काठमाडौंमा ‘अन्तराष्ट्रिय सनातन हिन्दु सम्मेलन’ हुने भएको छ । हिन्दु धर्मको विश्व राजधानी नेपाललाई बनाउने योजनासहित बिहिबारबाट त्रिदिवसीय सम्मेलन आयोजना गर्न लागिएको हो ।

 

नेपाललाई वैदिक सनातनिहरुको अन्तराष्ट्रिय केन्द्र बनाउने गरी विविध विषयमा छलफल गर्न अन्तराष्ट्रिय स्तरको सम्मेलन आयोजना गरिएको सनातन संस्कृति समाज, नेपालका संयोजक हरिबोल भट्टराईले जानकारी दिए । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले कार्यक्रमलाई सफल बनाउन सबैमा आग्रह गरेका छन् ।

 

अन्तर्राष्ट्रिय सम्मेलनमा ‘विश्व तापमान वृद्धि-मौसम परिवर्तनमा वैदिक सनातन धर्ममा समस्या समाधानका उपायहरु’को विषयमा पनि छलफल हुने बताइएको छ । सम्मेलनमा विश्वका प्रतिष्ठित हिन्दु धर्मका गुरुहरु उपस्थित हुनेछन । सम्मेलनलाई सफल बनाउन समाजले सबैको सहयोगको आवश्यक्तामा पनि जोड दिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);