काठमाडौंमा युवा उद्यमी सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

काठमाडौं, ७ पुष । काठमाडौंमा युवा उद्यमी सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिएको छ ।

 

युवा उद्यमशीलता सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन शुक्रबार काठमाडांैमा आयोजना गरिएको हो । सम्मेलनमा बोल्दै गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले राजनीतिक स्थिरता हुने भएकाले नेपालमा लगानी गर्न अन्तराष्ट्रिय लगानीकर्ताहरु आकर्षित हुने दावी गरे । उनले कृषि, पर्यटन र जलविद्युत क्षेत्रमा लगानी गरेर नेपालको आर्थिक समृद्धिको अभियानलाई तीव्रता दिने पर्याप्त आधार रहेको पनि स्पष्ट पारे ।

 

कार्यक्रममा उद्यमशीलतामार्फत् नेपालको समृद्धितर्फको यात्रालाई सुनिश्चित गराउने विविध विषयमा छलफल गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);