नेपाल युवा उद्यमशीलता सम्मेलन आयोजना हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

नेपाल युवा उद्यमशीलता सम्मेलन आयोजना हुने

yuwa sammelan

काठमाडौं, २० साउन । यही श्रावण २७ र २८ गते काठमाडौंमा ‘नेपाल युवा उद्यमशीलता सम्मेलन’ आयोजना हुने भएको छ । सोमवार राजधानीमा आयोजिजत पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय युवा परिषदको आयोजनामा सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।

युवाहरुलाई उद्यमशील बनाउने मूल उद्देश्यका साथ सम्मेलन आयोजना हुने प्रदेश ३ का उद्योगमन्त्री अरुण नेपालले जानकारी दिनु भयो । उहाँले युवाहरुलाई उद्यमी बन्नका लागि दिशा निर्देश गर्न सम्मेलन सफल हुने विश्वास पनि व्यक्त गर्नु भयो । सम्मेलनमा छनौटमा परेका ५ सय भन्दा बढि युवा उद्यमीहरुसहभागी हुने छन् ।

सम्मेलनमा उद्यमी बन्नका लागि आवश्यक ज्ञान, सीप, दक्षता र लगानीको विषयमा विस्तृत छलफल हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);