नेपाल उद्यमशीलता सम्मेलनको तयारी पुरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

नेपाल उद्यमशीलता सम्मेलनको तयारी पुरा

काठमाडाैं, २७ माघ । नेपाल उद्योग परिसंघले नेपाल उद्यमशीलता सम्मेलनको तयारी पुरा भएको जनाएको छ । सातै प्रदेशमा औद्योगिक वातावरण सिर्जना गर्ने उद्देश्यका साथ काठमाडौंमा गर्न लागिएको नेपाल उद्यमशीलता सम्मेलनको तयारी पुरा भएको परिसघंले जनाएको हो ।

अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, विशाल मिडिया ग्रुप र परिसंघको संयुक्त आयोजनामा आगामी फागुन २ गते काठमाडौंमा सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा उद्योगी, व्यवसायी, सरकारी प्रतिनिधि, विज्ञ, विद्यार्थी तथा सातै प्रदेशका उद्योगमन्त्रीसहित ४ सय जना प्रतिनिधिको सहभागिता रहने निश्चित भएको परिसघंका अध्यक्ष हरिभक्त शर्माले आईतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

सम्मेलनमा उद्यमशीलता प्रवर्द्धनका क्षेत्रमा कार्यरत विभिन्न १५ जना अतिथि वक्ता तथा उद्यम गरी सम्मानीत स्थानमा पुगेका ६ जना सफल उद्यमीहरुले कार्यपत्र प्रस्तुत गर्ने परिसघंका अध्यक्ष शर्माले बताए ।

उद्यमशिलतालाई आर्थिक सम्बाहकको रुपमा पहिचान गर्दै देश भरिबाट सहभागि हुने युवा, युवा उद्यमीबीच अन्तरसंवाद गराउँदै विदेशमा रहेका युवालाई स्वदेशमा उद्यम व्यवसाय गर्न सम्मेलनले सहयोग पुग्ने परि संघका अध्यक्ष शर्माले जानकारी दिए ।

सम्मेलनमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, अर्थमन्त्री, मन्त्रीहरु, पूर्वमन्त्रीहरु, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष सहित ७ वटै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीहरु तथा प्रदेशका उद्योगी, सफल उद्यमी, युवा उद्यमी र विज्ञबीचमा छलफल हुने परिसघंकले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);