सिन्धुपाल्चोकमा राष्ट्रिय जलवायु दिवस मनाईंदै | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

सिन्धुपाल्चोकमा राष्ट्रिय जलवायु दिवस मनाईंदै

सिन्धुपाल्चोक, १६ पुष । सिन्धुपाल्चोकको गुफाडाँडामा यस वर्ष पनि भोलि अर्थात शुक्रबार राष्ट्रिय जलवायु दिवस मनाईने भएको छ । जिल्ला समन्वय समिति राष्ट्रिय महासंघका उपाध्यक्ष सन्तमान तामाङको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा ७७ वटा जिल्ला समन्वय समितिका प्रमुख वा प्रतिनिधि ,सिन्धुपाल्चोकका सबै विषयगत कार्यलयका प्रमुख वा प्रतिनिधिहरु ,सिन्धुपाल्चोकका सबै स्थानियतहका प्रतिनिधि लगायत अन्य सरोकारवाला निकायको उपस्थिति रहने छ ।

राष्ट्रिय जलवायु सम्मेलन मनाउनका लागि सबै तयारी पुरा भएको तामाङले जानकारी दिनुभयो । मेलम्ची नगरपालिका वडा नं. ९ गुफाडाँडामा विगतका बर्षहरु जस्तै यस बर्षपनि दोस्रो जलवायु दिवस तथा अन्र्तकृया कार्यक्रम आयोजना गरिएको समन्वय समितिले जनाएको छ ।

जलवायु दिवसको अवसरमा अन्र्तक्रिया सहितको विविध कार्यक्रम गर्न लागिएको छ । यो बर्ष ७८वटा झण्डात्तोलन गर्ने जलवायु परिवर्तन एवम् कोभिड १९ सम्बन्धी सन्देश मुलक ब्यानर प्रर्दशन , जलवायु परिवर्तन सम्बन्धी अन्र्तक्रिया गर्ने प्रमुख तामाङले जानकारी दिनुभयो ।

गत बर्षहरुमा ७७ वटै जिल्लाका प्रमुख तथा उपप्रमुखको उपस्थिति रहेको सो कार्यक्रम यो बर्ष कोभिड १९ का कारण सामान्य मात्रै गर्ने तयारी रहेको जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।

जलवायु सम्मेलनका क्रममा २०७५ सालमा राष्ट्रपति बिद्यादेवी भण्डारीले गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन गर्नुभएको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);