अंग्रेजी नयाँ वर्ष सन २०२१ आजबाट सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अंग्रेजी नयाँ वर्ष सन २०२१ आजबाट सुरु

काठमाडौं, १७ पुष । अंग्रेजी नयाँ वर्ष इस्वी सम्वत २०२१ आजबाट सुरु भएको छ । नेपालसहित विश्वभरका मानिसहरुले एकआपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।

इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्टको सम्झनामा उनको मृत्युपछि उनका अनुयायीले इस्वी संवत् प्रचलनमा ल्याएका हुन् । सन् २०२० को विदाई र नयाँ वर्ष सन् २०२१ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । जीसस क्राइस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले ग्रेगोरियन पात्रो शुरु गरेकाले इस्वी सनको पात्रोलाई ग्रेगोरियन पात्रो पनि भन्ने गरिन्छ ।

अंग्रेजी नयाँ वर्ष पछिल्लो समय युरोप र अमेरिकासँगै विश्वका अधिकांश देशहरुमा मनाउन थालिएको छ ।विश्वका कतिपय मुलुकले नयाँ वर्षमा हुने भीडभाडलाइ मध्यनजर गरेर लकडाउनको समेत घोषाण गरेका छन । विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा लैजाने लक्ष्यमा सफलता प्राप्त भइरहेको बताउनु भएको छ । अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको विकास लक्ष्यअनुरूप सन् २०२० मा नेपाललाई निम्न अर्थतन्त्रको मुलुकबाट माथि उठाएर निम्नमध्यम अर्थतन्त्रको मुलुकका रूपमा स्थापित गर्न सफल भएको उल्लेख गर्नुभएको छ ।

उहाँले सन २०२०मा कोरोनाको क्षति तुलनात्मक रूपमा कम गर्न नेपाल सफल रहेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले महामारीबाट नागरिकलाई बचाउन सरकारले अवलम्बन गरेका उपायलाई साथ दिँदै सुरक्षित रहन पनि आग्रह गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);