अंग्रेजी नयाँ वर्ष २०१९ सुरु, प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश जारी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

अंग्रेजी नयाँ वर्ष २०१९ सुरु, प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश जारी

new year

काठमाडौं, १७ पुस । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०१९ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरु आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।

ग्रेगोरियन पात्रोअनुसार सन् २०१८ को विदाई र नयाँ वर्ष सन् २०१९ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ ।

इस्वी संवतको यो नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक कार्यक्रमलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । नयाँ वर्ष मनाउन काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा मानिसहरु भेला भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभकामना सन्देश जारी गर्दै सन् २०१९ मा समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);