श्वेताको माझी बस्ती सवा करोड ऋणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

श्वेताको माझी बस्ती सवा करोड ऋणमा

sweta-khadka

सिन्धुपाल्चोक-सरकारी अनुदान समयमै नपाएपछि अभिनेत्री श्वेता खड्काको अगुवाइमा निर्माण भइरहेको एकीकृत माझी बस्ती ऋणमा डुबेको छ । बस्ती निर्माण रोकिएपछि आफ्नै घर धितो राखेर कामलाई तीव्रता दिए पनि निर्माण सामग्रीको पैसासमेत तिर्न नपाएपछि बस्ती ऋणमा डुबेको हो ।

श्वेताले आवास निर्माणका लागि घर धितो राखेर ३० लाख रुपैयाँ ऋण लिएकी थिइन् । भूकम्पपीडितले पाउने सहुलियत ऋण नपाएपछि सामग्री खरिदको ८२ लाख रुपैयाँ तिर्न बाँकी छ । श्वेताश्री फाउण्डेसनले निर्माण गरिरहेको यो बस्ती फाउण्डेसनको लगानीबाहेक नै १ करोड १२ लाख रुपैयाँ हाराहारी ऋणमा परेको हो ।
सहुलियत ऋणकै भरमा बनिरहेको एकीकृत बस्ती नेपाल राष्ट्र बैकले नीति परिर्वतन गरेलगत्तै रोकिने अवस्थामासमेत पुगेको छ । चौतारा सा“गाचोकगढी नगरपालिकास्थित झ्याडीगाउ“मा निर्माणाधिन एकीकृत माझी बस्ती आर्थिक समस्यामा परेको फाउण्डेसनले जनाएको छ ।majhi basti

“आवास बनाइसकेका भूकम्पपीडितले सहुलियत ऋण नपाउने सरकारी नीतिले निकै समस्या परिरहेको छ,” फाउण्डेसनकी अध्यक्षसमेत रहेकी अभिनेत्री खड्काले भनिन्, “सहुलियत ऋणको नपाइने भएपछि बस्ती निर्माण कसरी सम्पन्न गर्ने भन्ने अन्यौलमा छौं ।” फाउण्डेसन भूकम्पपीडितले पाउने अनुदानसहित सहुलियत ऋणमा पैसा लिएर बस्ती बनाउने अभिायनमा थियो । ऋण लिने प्रक्रिया लामो र झण्झटिलो भएकाले फाउण्डेसनले समयमै ऋण लिन नपाएकाले अहिले यो अवस्था आएको हो । यो बस्ती निर्माणका लागि लक्ष्मी बैंकसँग ऋण लिनका लागि कागजपत्र तयार भइसकेको थियो । फाउण्डेसनको अगुवाईमा झ्याडी टोल सुधार समितिले एकीकृत बस्ती निर्माण गरिरहेको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);