प्रधानमन्त्री ओली आज मोरङको उर्लाबारी जादैं | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रधानमन्त्री ओली आज मोरङको उर्लाबारी जादैं

pm oli returns from singapore


काठमाडौं, १८ फागुन। प्रधानमन्त्री केपी शर्मा ओली आज मोरङको उर्लाबारी जादैं छन् ।

लोपोन्मुख एवं अल्पसंख्यक सन्थाल समुदायका लागि निर्माण हुने बस्तीको शिलान्यास गर्न प्रधानमन्त्री ओली उर्लाबारी जाने भएका हुन् ।

सन्थाल जातिका लागि ३० करोड रुपैयाँ खर्च गरेर उर्लाबारी नगरपालिका–८ र ९ को सीमानामा रहेको रातोहोली खोल्सीको छेउमा एकीकृत बस्ती निर्माण गरिने भएको हो । बस्तीको प्रधानमन्त्री ओलीले बिहान ११ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको र त्यसको सबै तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।

दुई वर्षभित्रमा काम सम्पन्न गर्ने गरी शहरी विकास मन्त्रालयले जनता आवास कार्यक्रममार्फत बस्ती निर्माण गर्ने भएको हो । एक सय ३६ परिवारलाई लक्षित गरेर एकीकृत बस्ती निर्माण गरिने छ ।

जग्गा भए पनि घर बनाउन नसक्ने र जग्गा जमिन नै नभएर सुकुम्बासी जीवन बिताउनुपर्ने अवस्थाका सन्थाल जातिलाई एकीकृत बस्तीले ठूलो राहत पु¥याउने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);