प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आज कास्की जादैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आज कास्की जादैं

काठमाडौं, १७ फागुन। प्रधानमन्त्री केपी शर्मा ओली आज कास्की जाने भएका छन् ।

प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन तथा गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्न प्रधानमन्त्री ओली कास्की जान लागेका हुन् ।

कार्यकर्ता भेलालाई सम्बोधन र शिलन्यासपछि प्रधानमन्त्री ओलीले पोखरा रंगशाला निरीक्षण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

यसका साथै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन प्रदेश कमिटीले मापदण्डसमेत तयार पारेको छ । पार्टी केन्द्रीय, प्रदेश, जिल्ला कमिटी सदस्य, जनसंगठनका केन्द्रीय र प्रदेश पदाधिकारी, प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सांसद प्रशिक्षणमा सहभागी हुन पाउने छन् ।

त्यसबाहेक जिल्ला समन्वय समितिका पदाधिकारी, पालिकाका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष र पार्टीको महानगर, नगर र गाउँ कमिटी अध्यक्ष र सचिव प्रशिक्षणमा सहभागी हुन पाउने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);