एमाले अध्यक्ष केपी ओली पोखरामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

एमाले अध्यक्ष केपी ओली पोखरामा

पोखरा । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन् । एमाले गण्डकी प्रदेश कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने ओली सोमबार दिउँसो काठमाडौंबाट पोखरा आइपुगेका हुन् ।

मंगलबार एमाले गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्ने नवप्रवेशीलाई उनले पार्टीमा प्रवेश गराउने तय भएको छ । एमालेले स्थानीय तहकाे निर्वाचनकाे तयारीसमेत सुरु गरिसकेकाे छ । साेही कारण ओली देश दाैडाहमा लागेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);