प्रधानमन्त्री ओली झापा जादैंः औद्योगिक पार्क र पुल उद्घाटन गर्ने कार्यतालिका | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री ओली झापा जादैंः औद्योगिक पार्क र पुल उद्घाटन गर्ने कार्यतालिका

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जादैंछन् ।

औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली झापा जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीले झापास्थित निर्वाचन क्षेत्र झापा ५ मा बन्न लागेको चाइना नेपाल मैत्री पार्क शिलान्यास गर्ने कार्यक्रम रहेको छ । २ हजार २ सय विघा क्षेत्रमा निर्माण हुन लागेको यो औद्योगीक पार्क नेपालकै नमुना हुने दाबी गरिएको छ ।

यसैगरी, प्रधानमन्त्री ओलीले आजै दमक र इमालको चुलाचुलीमा पर्ने रतुवा खोलामा निर्माण भएको पुलको उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको छ । चुरे फेदीवाट निर्माणाधिन मदन भण्डारी राजर्माग अन्र्तगत काकरभिट्टादेखि धरानसम्म बन्ने ३१ वटा पुलको सामुहिक रूपमा शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले आजै औद्योगीक र्पाकमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);