धुर्मुस-सुन्तलीले ल्याए सन्तपुरमा खुशीको बहार | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

राकेश यादव, रौतहट, २० असोज । धुर्मुस–सुन्तली फाउन्डेसनले घर बनाइदिने भएपछि रौतहटको चन्द्रपुर नगरपालिका सन्तपुरका बासिन्दा यतिबेला दंग छन् । काभ्रे, सिन्धुपाल्चोक र महोत्तरीमा एकीकृत बस्ती निर्माण गरिसकेको फाउन्डेसनले रौतहटमा पनि बस्ती निर्माण सुरु गरेपछि सन्तपुरमा खुसीको बहार छाएको छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनले सीताराम कट्टेल अर्थात् धुर्मसको जन्मदिनको अवसर पारेर असोज पहिलो साता एकीकृत बस्ती शिलान्यास गरेको हो । करिब पाँच करोड ७५ लाख लगानीमा एकीकृत नमुना बस्ती बन्न सुरु भएपछि सन्तपुरका ४५ घरपरिवार हर्षित भएका छन् ।

वर्षौंदेखि जीर्ण घरमा बस्दै आएका सन्तपुरका माझी, मुसहर, लोहार, हजाम र देसार समुदायले माघदेखि सुविधासम्पन्न घर पाउने फाउन्डेसनले जनाएको छ । नयाँ घर बन्ने भएपछि वृद्धवृद्धादेखि विद्यार्थीसम्म दंग देखिएका छन् ।

एकीकृत बस्तीमा सुरक्षित, आधुनिक, भूकम्प प्रतिरोधी र सरकारी मापदण्डअनुसारका दुई तले घर बन्नेछन् भने बस्तीका हरेक घरमा शौचालय, धारा र बगैंचा निर्माण हुनेछ । बस्तीमा मन्दिर, सार्वजनिक धारा, सामुदायिक भवन र भ्यु टावरसमेत बन्ने फाउन्डेसनका व्यवस्थापक अर्जुन न्यौपानेले बताए ।

माघ २४ गते समुदायलाई बस्ती हस्तान्तरण गर्ने फाउन्डेसनको योजना छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);