धुर्मुस सुन्तली फाउन्डेसनले बनाएको एकीकृत नमुना बस्ति अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

धुर्मुस सुन्तली फाउन्डेसनले बनाएको एकीकृत नमुना बस्ति अन्तिम चरणमा

dhurmus suntali

रौतहट,१० माघ । सन्तपुरमा धुर्मुस सुन्तली फाउन्डेसनले बनाएको एकीकृत नमुना बस्ति अन्तिम चरणमा पुगेको छ ।

नमुना बस्ति बनाउने काम अन्तिम चरणमा पुगे पनि रकमको अभाव भएको फाउन्डेसनले जनाएको छ । बस्ती बनाउनको लागि खरिद गरेको सामानको एक करोड भन्दा धेरै रकम तिर्न बाँकी छ । निर्वाचनका कारण सोचे अनुसारको रकम संकलन हुन नसकेको अभियन्ता सिताराम कट्टेलले बताए ।

५ करोड ९५ लाखको लागतमा बनाउन लागिएको नमुना बस्तिका लागि अझै एक करोड ३० लाख रकम अपुग भएको फाउन्डेसनको भनाई छ । बस्ती हस्तान्तरण गर्ने समय नजिकिएकाले फाउनडेसन रकम संकलनमा जुटेको छ । अहिलेसम्म साढे चार करोड भन्दा धेरै रकम प्राप्त भएको छ । नमुना बस्ती बाढी पीडितलाई माघ अन्तिममा हस्तान्तरण गर्ने तयारी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);