धुर्मुस सुन्तली फाउण्डेसनले बनाएको घर बाढी पीडितलाई हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

धुर्मुस सुन्तली फाउण्डेसनले बनाएको घर बाढी पीडितलाई हस्तान्तरण

बस्ती निर्माणका लागि झण्ढै ५ करोड ९५ लाख खर्च –

राकेश यादव

रौतहट, २३ माघ । रौतहटको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुर दलित बस्तीमा धुर्मुस सुन्तली फाउण्डेसनले बनाएको घर बाढी पीडितलाई हस्तान्तरण गरिएको छ ।

गत साउन २९ गतेको बाढीले सन्तपुरको मुसहर बस्ती सखाप भएपछि धुर्मुस सुन्तली फाउण्डेसनले पीडितका लागि आधुनिक घर बनाइदिएको हो । सो बस्ती राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पीडितलाई हस्ताणतरण गरियाे।

गत साउन २९ गतेको बाढीले सन्तपुर दलित बस्ती खण्डहर बनाएको थियो । त्यसलगत्तै कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे राहात र उद्धारको लागि सन्तपुर दलित बस्तीमा पुगेका थिए ।

दलित बस्तीको दर्दनक दृश्य देखेपछि धुर्मुस सुन्तली फाउण्डेसनले पीडितका लागि बस्ती निर्माण गर्ने बाचा गरेका थिए । पीडितसामु गरेका बाचा धुर्मस सुन्तली फाउण्डेसनले १ सय १५ दिनमा पूरा गरेको हो । आधुनिक बस्ती बनेपछि खरको छाप्रोमा बाढी र कठ्याङग्रीदो चिसोमा बर्षौ कटाएका मुसहरको मुहार फेरीएको छ ।

घर हस्तान्तरण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस सुन्तली फाउण्डेसनले गरेको सामाजिक काम सबैको लागि प्रेरणाको श्रोत भएको बताइन् । फाउण्डेसनले सन्तपुरमा नमुना बस्ती निर्माण गरेपछि मुसहरहरुले दुखको दिन सकिएको भन्दै खुसी भएका छन् ।

बस्तीमा ४७ वटा आवासीय घर, एउटा मन्दिर, विद्यालय भवन, सामुदायिक भवन, बाल उद्यान, भ्यू टावर बनाइएको छ । चन्द्रपुर नगरपालिकाकाे वडा नं. ८ सन्तपुर बस्ती निर्माणका लागि झण्ढै ५ करोड ९५ लाख खर्च भएको धुर्मुस सुन्तली फाउण्डेसनले जनाएकाे छ ।

यसअघि धुर्मुस सुन्तली फाउण्डेसनले काभ्रे सिन्धुपाल्चोक र महोत्तररीमा एकीकृत नमुना बस्ती बनाई सकेको छ । भूकम्प र बाढीपछि धुर्मुस सुन्तली फाउण्डेसनले चार वटा बस्ती बनाइ सक्दा समेत सरकारले थालेको पुनःनिर्माणको काम कछुवाको गतिमा भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);