प्रदेश ६ को मुख्यमन्त्री टुंग्याउन माओवादीलाई सकस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रदेश ६ को मुख्यमन्त्री टुंग्याउन माओवादीलाई सकस

विवाद मिलाउन जनार्दन शर्मा सुर्खेतमा, माघ २५ गतेभित्र मुख्यमन्त्रीको टुंगो लाग्ने

सुर्खेत, २३ माघ । माओवादी केन्द्रले प्रदेश ६ को मुख्यमन्त्री माघ २५ गतेभित्र टुंगो लगाउने भएको छ । आकांक्षी धेरै देखिएपछि प्रदेश ६ मा सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लगाउन नसकेको माओवादीले २५ गते भित्रै मुख्यमन्त्रको टुंगो लगाउने भएको हो ।

प्रदेश ६ मा महेन्द्रबहादुर शाही, नरेश भण्डारी र सीता नेपाली मुख्यमन्त्रीको दाबी गरिरहेका छन् । प्रदेश कमिटीले पनि मुख्यमन्त्रीको टुंगो लगाउन नसकेपछि शाही भण्डारी र नेपालीको नाम केन्द्रमा सिफारिस गरेको थियो ।

तर, पार्टी हेडक्वाटरले प्रदेशबाटै टुंगो लगाउन भन्दै सिफारिस भएका नाम प्रदेश कमिटीमै फिर्ता पठाइदिएको छ । प्रदेशबाट मुख्यमन्त्रीको टुंगो लगाउन सकस भएपछि विवाद मिलाउन सुर्खेत पुगेका नेता जनार्दन शर्माले २५ गते भित्र प्रदेश ६ को मुख्यमन्त्रीको छनौट हुने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);