विद्यादेवी भण्डारीले धुर्मुस सुन्तलीले निर्माण गरेको नमूना वस्ती हस्तान्तरण गरिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

विद्यादेवी भण्डारीले धुर्मुस सुन्तलीले निर्माण गरेको नमूना वस्ती हस्तान्तरण गरिन

Presedent Bidya Devi Bhandari

काठमाडौं,२४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको सन्तपुर एकीकृत नमूना वस्ती हस्तान्तरण गरिन । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा मंगलबार एक कार्यक्रमकाबिच बस्तीको साँचो नमूना बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई हस्तान्तरण गरिएको हो ।

समारोहमा राष्ट्रपति भण्डारीले कलाकारद्वय धुर्मुस–सुन्तलीले समुदायको विकासका लागि अतुलनीय काम गरेको बताए । देशलाई समृद्ध बनाउने काम सरकारको भए पनि धुर्मुस–सुन्तलीले राज्यले गर्नुपर्ने काम गरेकाले सराहना गर्दै प्रदेश नंं २ मा विकासका धेरै आधार भएकाले सरकारले स्रोत र साधनलाई उपयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले समृद्ध नेपाल विकासका लागि धुर्मुुस–सुन्तलीको काम ठूलो उदाहरण भएका बताए ।

फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले बस्ती निर्माण सबै सहयोगी हातबाट भएको बताए । कलाकार कट्टेल र कुञ्जना घिमिरेको पहलमा सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न ४७ घर निर्माण भएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);