धुर्मुस सुन्तली फाउण्डेशनको सामाजिक कार्य | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौं, १५ असोज । हास्यकलाकारद्वय धुर्मुस र सुन्तली अर्थात् नेपाली कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेको जोडीले संयुक्त रुपमा खडा गरेको संस्था हो । धुर्मुस सुन्तली फाउण्डेशन सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको संस्था हो ।विक्रम सम्बत् २०७२ सालको बैशाख १२ गते आएको महाभूकम्पमा धेरै नेपालीहरु घरबार विहिन भएसँगै यस धुर्मुस सुन्तली फाउण्डेसनको स्थापना भएको हो ।यस फाउण्डेसनले अहिले सम्म तीन वटा नमूना बस्ती निर्माण गरि हस्तान्तरण गरिसकेको छ ।काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका १६ मा पर्ने डाँडाँगाउँ गा.वि.स.मा नमूना बस्तीको पहिलो पटक निर्माण भएको हो ।

नेपालकै लोपोन्मुख तथा सिमान्तकृत जाति बसोबास गर्ने डाँडाँगाउँमा भूकम्प प्रभावितहरुलाई सहयोग गर्नको लागि सिताराम कट्टेल र कुञ्जना घिमिरेको अगुवाईमा तथा विभिन्न संघसंस्थाहरुको श्रमदानमा नमूना बस्तीको निर्माण सफल भएको हो । यो बस्तीको निर्माण दुई महिना १० दिनमा सम्पन्न गरिएको थियो । धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माण गरिएको दोस्रो गिरानचौर नमूना बस्ती हो ।

यस बस्तीको कुल क्षेत्रफल ३५ रोपनी हो भने ५ करोडको लगानीमा ६५ वटा घर तथा एक सार्वजनिक भवन साथसाथै बालबच्चाहरु खेल्नका लागि पार्कहरु समेत निर्माण गरिएको छ ।धर्मुस सुन्तली फाउण्डेसनले ५० घरधुरीलाई लक्षित गरि बर्दिबास नगरपालिका –१ मा पर्ने मुसहर टोलमा एकीकृत नमुना मुसहर बस्ती निर्माण गरेको छ । लगभग १६ कठ्ठा क्षेत्रफलमा फैलिएको यस एकीकृत बस्तीलाई बालमैत्री तथा अपाङ्गमैत्री पनि बनाएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);