चुनावका कारण आर्थिक संकटमा धुर्मुस र सुन्तली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राकेश यादव
काठमाण्डौँ, १ मंसिर । रौतहटका बिपन्न परिवारको सहारा बनेका हास्यकलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) यतिखेर चुनावका कारण आर्थिक संकटमा परेका छन् ।

महत्वकांक्षी योजना सहित रौतहटको चन्द्रपुर–८ सन्तपुरका बिपन्न दलित परिवारलाई एकिकृत नमुना बस्ती बनाउन लागेका धुर्मुस सुन्तली फाउन्डेसनलाई चुनाव नजिकदै जाँद कुनै दातृ निकाहरु नआएका कारन सोचेजस्तो आर्थिक सहयोग जुट्न नसक्दा उनीहरु संकटमा परेका हुन् ।

माघ २४ गते अघिनै बस्तीमा निर्माण गरिएको घर हस्तान्तर गर्ने फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताए । योजनामा रहेका उनीहरुसंग यतिखेर पर्याप्त रकम छैन । सुरुमा ४५ वटा घर बनाउने योजना सहित बस्ती निर्माणको काम थालेका उनीहरुको योजनामा पछि ३ वटा घर थपिएको छ ।

४८ वटा घर सहित एक सामुदायिक भवन, एउटा भ्यु टावर एक मन्दिर, सार्वजनिक धारा र शौचालय लगायतका भौतिक संरचना उनीहरुले निर्माण गर्ने भएका छन् । १२ कठ्ठा क्षेत्रफलमा फैलिएको जमिनमा २४ इन्च चौडा र ९ फिट अग्लो पर्खाल र २५ भन्दा बढि घरका जग उठाईसकेका छन । भुकम्प प्रतिरोधी र सम्भावित डुबानबाट बचाउने हेतुले घरको निर्माण गरिने छ । परियोजना सक्न ६ करोड लाग्ने अनुमान गरिएको छ, धेर थोर सहयोग जुटेपनि करिब ४ करोड रुपैयाँ अपुग हुने देखिएको छ । उनीहरुले बस्ती निर्माणमा मात्र हैन त्यहाँ कार्यरत कामदारलाई समेत राष्ट्रिय गानबाट देशभक्तको भावना जगाउने गरेका छन् ।

काम गर्न जानु अघि मजदुरलाई शिक्षा र परेड समेत खेलाउने गरेका छन् । धुर्मुस सुन्तलीको यो चौथो परियोजना हो । निर्माणमा जुटेका धुर्मसले भने ‘अहिलेको स्थिति निर्माण कार्यको लागि रकम अपुग हुदै गएको छ । रकम अभाव भएपनि निर्माण कार्य सकेर नै छाड्ने उनको दृढता रहेको छ । बस्तीमा घर भएका बिपन्न परिवारको आशा र भरोसा समेत धुर्मुस सुन्तली प्रति नै रहेको छ । घर बनाउन खाली गराइएका बस्तीका बासिन्दा भने नजिकै नहरको डिलमा छाप्रो बनाएर आश्रय लिईरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);