नेपालकै सबैभन्दा होचा कलाकार दिपेन शाहको असामयिक निधन | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

काठमाडौँ, ३० कार्तिक । । नेपालकै सबैभन्दा होचा कलाकारका रुपमा चिनिएका दिपेन शाहको बिहिबार बिहान असमायिक निधन भएको छ।

केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज बिहान ७ बजे निधन भएको परिवारले जानकारी दिएको छ। स्रोतका अनुसार उनको दुई वटै मृगौला फेल भएर मुटुमा पनि असर पुगेपछि उनको निधन भएको हो।

२०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका कलाकार हाँस्यचलचित्र ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ मार्फत लोकप्रिय बनेका थिए । ३१ इन्च मात्र अग्ला रहेका शाहले ‘सारथी’ नामक चलचित्रबाट अभिनयको यात्रा शुरु गरेका थिए।

उनी ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत थिए । केही समयअघि उनले विश्वकै सबैभन्दा होँचो कलाकारको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकडमा नाम लेखाउन प्रयास पनि थालेका थिए।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);