नेपाली व्यापारीमाथि भारतीय भूमीमा गोली प्रहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सर्लाही, ३० कार्तिक । सर्लाहीको सदरमुकाम मलंगवाका एक व्यापारीमाथि भारतीय भूमीमा गोली प्रहार भएको छ। सदरमुकाममा थोत्रा सामान संकलन गरेर व्यापार गर्दै आएका मलंगवा नगरपालिका- ९ बस्ने ३७ वर्षीय राकेश चौधरीमाथि गोली प्रहार भएको हो।

भारतको सोनवर्षाबाट मलंगवा फर्किने क्रममा बुधबार राती ८ बजेतिर भारतको सीतामढी जिल्ला स्थित चिलरा मोडमा नचिनेका मानिसले गोली हानेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

पेट बायाँपट्टी गोली लागेर घाईते भएका चौधरीलाई जिल्ला अस्पताल मलंगवामा सामान्य उपचार गरी नेशनल मेडिकल कलेज वीरगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ। चौधरीमाथि कसले र किन गोली चलायो भन्नेबारे अझै जानकारी आईसकेको छैन।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);