सर्लाही : अपरिचित समुहले ढोकाको प्वाँलबाट गोली हान्यो, एक महिला गम्भीर घाईते | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

सर्लाही, ३ मंसिर । सर्लाहीको रामनगर गाउँपालिकामा अपरिचित मानिसले गोली प्रहार गर्दा एक महिला गम्भीर घाईते भएकी छिन्। श्रीमान र बच्चासँगै सुतिरहेका बेला आईतबार बिहान करिव साँढे ४ बजे तिर रामनगर गाउँपालिका- ४ बहुअर्बा टोल बस्ने ३० वर्षीया गिरिजा कुमारी साहलाई गोली लागेको हो।

ढोका माथीको प्वालबाट साहका परिवार सुतिरहेको कोठामा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गिरिजा कुमारी बाहेक परिवारका अन्य सदस्य सकुसल रहेका छन्। बाँया छातीमा गोली लागेर गम्भीर भएकी महिलालाई सदरमुकाम मलंगवा स्थित सर्लाही अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि वीरगञ्ज पठाइएको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी राजेश थापाले जानकारी दिए।

महिला माथी गोली प्रहार हुनुको कारण भने खुल्न सकेको छैन् । तीन दिन अघि मात्रै मलंगवाका एक व्यापारीमाथी सीमावर्ती बजारमा गोली प्रहार भएको थियो।