निर्वाचन बिथोल्ने गतिविधीलाई मध्यनजर गर्दै कञ्चनपुरमा गस्ती परिचालन | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

कञ्चनपुर, ३ मंसिर। आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै कञ्चनपुरका सीमावर्ती क्षेत्रमा संयुक्त गस्ती बढाइएको छ।

भारतसँग जोडिएका कञ्चनपुरका पश्चिम र दक्षिणी क्षेत्रबाट निर्वाचनका बेला हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सीमाक्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र सशस्त्र प्रहरीको सीमा सुरक्षा गस्ती सञ्चालन गरिएको हो ।

कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर १, बैलबन्ददेखि वडा नम्बर १०, कुतियाकवर क्षेत्रसम्म नेपाल–भारत सीमामा सयुक्त गस्ती सञ्चालन गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोर्डर आउट पोस्ट दोधारा चाँदनीले जनाएको छ।

संयुक्त गस्तीले निर्वाचन सुरक्षाका साथै सीमा क्षेत्रमा हुने लुटपाट र आपराधिक क्रियाकलापमा कमी आउने स्थानीयको अपेक्षा छ।

 

ताजा समाचार